महाभारत क्षेत्रको थामलेकमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । माघ १४, गत मंगलबारबाट खानीखोला गाउँपालिका हुँदै बेथानचोक गाउँपालिकाको महाभारत क्षेत्रको थामलेकमा लागेको भीषण आगलागी एक सातापछि नियन्त्रणमा आएको छ ।
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आगलागी एक हप्तापछि नियन्त्रणमा आएको भएपनि केही ठाउँमा पुराना ठूला रूखका ठुटाहरूमा आगो निभ्न बाँकी रहेको जानकारी दिए।
काभ्रेपलाञ्चोककै अग्लो स्थान बेथानचोक गाउँपालिकामा पर्ने बेथानचोक नारायणस्थानको यात्रा खुलेको छ। आगलागी जोखिम भएको क्षेत्र भएकोले रोकिएको यात्रा आगलागी नियन्त्रणमा आएसँगै खुल्ला गरिएको बेथानचोक गाउँपालिकाका अध्यक्ष अधिकारीले बताए ।