०८४ मंसिरमा मात्रै सरकार ढल्ने प्रधानमन्त्री ओलीको जिकिर

सहयात्रा टिभी

काठमाडौं । माघ १५, नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी बैठकको सुरुमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले ०८४ मंसिरमा मात्रै सरकार ढल्ने जिकिर गरेका छन् । उनले अहिले दिनैपिच्छे सरकार ढल्ने हल्ला चलाइरहेको भन्दै त्यसतर्फ ध्यान नदिन र भ्रममा नपर्न सांसदहरूलाई आग्रह गरे ।

‘दिनैपिच्छे सरकार ढल्छ भन्ने हल्ला छ । अलिक भरेसम्म सरकार ढल्छ । साँझसम्म त सरकार ढल्छ, ढल्छ । राति नै ढल्छ अथवा भोलि बिहानै सरकार ढल्छ ।

ढलेन भने दिउँसोसम्म सरकार ढल्छ । भोलि ढलेन भने पर्सिलाई सारिदिने । पर्सि भएन भने अर्को हप्तालाई सारिदिने,’ प्रधानमन्त्री ओलीले भने, ‘यो महिना ढलेन भने अर्को महिनलाई सार्ने ।

साउनमा सरेन भने भदौमा सार्ने । भदौमा पनि ढलेन भने दशैंलाई सार्ने । दशैंमा पनि ढलेन भने मंसिरमा सार्ने । कुन मंसिरमा ? ०८४ मंसिरमा सरकार ढल्छ । के परिणाम आउँछ त्यस अनुसार सरकार ढल्छ । तर, मान्छे धेरैले अस्तिको मंसिरमा भन्ने बुझे । ०८४ को मंसिरभन्दा यता सरकारमाथि लगाउने आरोप मात्रै हो ।’

 

 

प्रकाशित : 28 January, 2025

प्रतिक्रिया दिनुहोस्