नेप्से दोहोरो अङ्कले बृद्धि

सहयात्रा टिभी

काठमाडौं । माघ १५, हिजो र अस्ति घटेको नेप्सेर आज भने दोहोरो अङ्कले बृद्धि भएको छ । आज कारोबार रकम पनि बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २४.५० अङ्कले बढेर २ हजार ६ सय ५७.७७ विन्दुमा पुगेको छ ।

नेप्से दोहोरो अङ्कले बढेको दिन सबै समूहको शेयरमा वृद्धि भएको छ । सबैभन्दा धेरै विकास बैंक समूहको शेयर ४ प्रतिशतभन्दा धेरैले बृद्धि भएको छ ।

आज उपकार लघुवित्त, सिकलेस हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर, जानकी फाइनान्स र न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

हिजो झन्डै ९ अर्बको कारोबार भएकोमा आज ३ सय २५ वटा कम्पनीका १ करोड ९६ लाख कित्ता शेयर ९ अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित : 28 January, 2025

प्रतिक्रिया दिनुहोस्