सुदूरपश्चिम सभाले तय गरेको निर्वाचन प्रक्रिया स्थगित

सहयात्रा टिभी

काठमाडौं । माघ १६, सुदूरपश्चिम प्रदेश सभाले विषयगत समितिको सभापति चयनका लागि तय गरेको निर्वाचन प्रक्रिया स्थगित भएको छ ।

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै १८ माघमा रिक्त रहेका समितिहरुमा सभापति पदको निर्वाचन गर्नेगरि तोकिएको निर्वाचन प्रक्रिया स्थगित भएको जनाएको छ ।

सचिवालयले पुनः अर्को सूचना जारी गरेर निर्वाचनको मिति तय गरिने बताएको छ । यसअघि प्रदेश सभा सचिवालयले १७ माघमा नामावली प्रकाशन, सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता र दाबी विरोधको कार्यक्रम तय गरेको थियो ।

१८ माघमा सभापति चयनका लागि सम्बन्धित समितिको बैठक बस्ने तयारी भएपनि स्थगित भएको हो ।

प्रदेश सभा सचिवालयकाअनुसार सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक श्रोत समिति र सामाजिक विकास समितिको सभापति रिक्त रहेका छन् ।

 

 

 

प्रकाशित : 29 January, 2025

प्रतिक्रिया दिनुहोस्