प्रधानमन्त्रीद्वारा सहिद स्मारक र शहीद गेट पुगी श्रद्धाञ्जली अर्पण

सहयात्रा टिभी

काठमाडौं । माघ १६, प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित सहिद स्मारक र शहीद गेट पुगी सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

 

शहीद दिवसका अवसरमा बुधबार उनले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूको शालिकमा पुष्पहार अर्पण गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका सांसद, नेपाल सरकारका मुख्यसचिव, सुरक्षा अङ्गका प्रमुख लगायतले पनि शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन बलिदान दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी देशभरि शहीद दिवस मनाइँदै छ ।

२००७ सालपछि हरेक वर्ष १६ माघमा विभिन्न कार्यक्रमसहित शहीद दिवस मनाउने गरिएको छ ।

 

 

प्रकाशित : 29 January, 2025

प्रतिक्रिया दिनुहोस्