ओखलढुंगामा बिरामी बोकेको सुमो दुर्घटना
सहयात्रा टिभी
काठमाडौं । माघ १७, ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित सिद्धिचरण राजमार्गमा टाटा सुमो दुर्घटना भएको छ ।
बिरामी बोकेर खोटाङको दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर आमाछोरासहित तीन जनाको मृत्यु भएको ओखलढुंगाका प्रहरी निरीक्षकले जानकारी दिए ।
मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा पुजन गुरुङ र आफन्त ४५ वर्षीय तारा गुरुङ रहेका छन् ।
छोरा पुजन बिरामी भएपछि मायादेवीले आफन्त तारालाई साथ लिएर खोटाङबाट काठमाडौं जाँदै गरेको अवस्थामा सुमो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप विवरण संकलनको कार्य भइरहेको उनले बताए ।