विवादका कारण बन्द पाथीभरा यातायात अविलम्ब खुलाउन माग

सहयात्रा टिभी

काठमाडौं । माघ १७, यातायात व्यवसायीले ताप्लेजुङ पाथीभरामा जारी विवादका कारण बन्द यातायात अविलम्ब खुलाउन माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, जिल्ला समन्वय समिति इलामले बिहीबार विज्ञप्ति जारी गरी तीन दिनसम्म पनि यातायात खुल्न नसक्दा व्यवसायीलाई अतिरिक्त भार परिरहेको जनाएको छ ।

नेपाल सरकारलाई २ सय ६० प्रतिशतसम्म भन्सार शुल्क बुझाएर चर्को मूल्यमा बैंकबाट ऋण लिएर खरिद भएका सवारीसाधन चल्ने वातावरण नहुँदा मासिक किस्ता बुझाउन समेत समस्या हुने व्यवसायीको भनाइ छ ।

 

प्रकाशित : 30 January, 2025

प्रतिक्रिया दिनुहोस्