ओलीका वरिपरि भएकाहरूले अहिले पनि भ्रष्टाचार गरिरहेको लिङ्देनको आरोप

सहयात्रा टिभी

काठमाडौं । माघ १८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीका वरिपरि भएका मान्छेहरूले अहिले पनि भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने क्रममा लिङ्देनले यस्तो आरोप लगाएका हुन् । तर, उनले उक्त भ्रष्टाचारमा संलग्न को हुन् भन्ने खुलाएनन् । बरु, ती भ्रष्टाचार भइरहेकोबारे प्रधानमन्त्री नै बेखबर रहेको चाहिँ उनले भने ।

‘तपाईंको यो ६ महिने कार्यकालमा अहिले पनि तपाईंको वरिपरिका मान्छेहरूले सरकारले नियुक्त गर्ने विभिन्न पदमा करोड–करोड अफर गरिरहेका छन्,’ लिङ्देनले सम्बोधनको क्रममा भने, ‘तपाईंले धक्कुका साथ भन्नुभयो म भ्रष्टाचार गर्दिनँ गर्न दिन्नँ भनेर ।

तपाईंले गर्नुहुन्छ गर्नुहुन्न थाहा छैन, तपाईंको वरिपरिकाले गरिरहेका छन् ।’उनले प्रधानमन्त्री सूचनाबाट बाहिर भएको पनि जिकिर गरे ।

‘मलाई लाग्छ तपाईं सूचनाबाट विमुख हुनुहुन्छ, पञ्चतन्त्रको राजाजस्तो,’ प्रधानमन्त्री ओलीले भने, ‘म फेरि पनि भन्छु तपाईं वरिपरिका मान्छेहरू अहिले पनि भ्रष्टाचारमा संलग्न छन् ।’

 

प्रकाशित : 31 January, 2025

प्रतिक्रिया दिनुहोस्