गायिका एलिनाद्धारा अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर
सहयात्रा टिभी
काठमाडौं । माघ १८, गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् ।
पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको स्रोतले जनाएको छ । ‘अंश हकदावी विनै पनि सम्बन्ध विच्छेद भएमात्र पुग्ने भन्दै उहाँले आज फिराद पत्र दायर गर्नुभएको अदालत स्रोतले जानकारी दिएको छ ।
एलिना र विष्णुबीच वैशाख पहिलो साता विवाह भएको थियो । अदालतमा मुद्दा दायर गर्नुअघि एलिना र विष्णुबीच केहि खटपटकोे चर्चा सामाजिक संजालका फैलिएको थियो । एलिना केही दिनदेखि कानून व्यवसायीसँगको परामर्शमा थिइन् । विष्णु भने अहिले अस्ट्रेलियामा छन् ।