नेप्से परिसूचक २७२७ मा कायम
सहयात्रा टिभी
काठमाडौं । माघ २०, साताको पहिलो दिन आइतबार सेयर बजार ६९.८० अंक (२.६२ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७२७ मा कायम भएको छ ।
साथै कारोबार रकम पनि उच्च देखिएको छ । गत साता बजार बन्द हुँदाको दिन ९ अर्ब ४० करोडको कारोबार भएकोमा आज १२ अर्ब ९५ करोडको भयो ।
आज कारोबार खुलेदेखि नै बजार निरन्तर उकालो लाग्यो । २०२ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ३ को स्थिर रह्यो ।
सबै सेक्टरका सूचक बढेका छन् । माइक्रोफाइनान्स सबैभन्दा धेरै ४.९२ प्रतिशत बढ्यो ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।