माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

सहयात्रा टिभी

काठमाडौं । माघ २१, नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बैठक चलिरहेको उनको सचिवालयले जनाएको छ ।

बैठकमा पार्टीका नेताहरूको कार्यविभाजन, देशभरका संगठन निर्माण र पार्टीका अभियानबारे छलफल भइरहेको बताइएको छ ।

पार्टी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको यसअघि नेताहरूको कार्य विभाजन तथा जिम्मेवारी हेरफेरसम्बन्धी प्रस्ताव राखेकी थिइन् ।

त्यसपछि बस्ने भनिएको बैठक विभिन्न कारण देखाउँदै स्थगित हुँदै आएको थियो ।

 

 

 

 

प्रकाशित : 3 February, 2025

प्रतिक्रिया दिनुहोस्