माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं । माघ २१, नेकपा माओवादी केन्द्रले आगामी १२ फागुनदेखि हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकले झापाको केचनकवलबाट अभियान सुरु गर्ने निर्णय गरेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।
२१ देखि २३ पुससम्म काठमाडौंमा बसेको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले हुलाकी राजमार्गकेन्द्रित अभियान चलाउने निर्णय गरेको थियो ।
पदाधिकारी बैठकले माओवादीका उम्मेदवार निर्वाचित भएका पालिकाका पदाधिकारीहरूको भेला गर्ने निर्णय पनि बैठकले गरेको छ । १२३ वटा स्थानीय तह माओवादी केन्द्रले जितेको छ ।
प्रवक्ता सापकोटाका अनुसार बैठकले पदाधिकारीसहित सबै केन्द्रीय सदस्यको कार्यविभाजन पनि गरेको छ ।