सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै
सहयात्रा टिभी
काठमाडौं । माघ २३, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूको बोलाएका छन् । बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ । बैठकमा अध्यादेशलगायत विषयमा छलफल हुनेछ । सरकारले ल्याएको अध्यादेशका बारेमा प्रतिपक्षले चर्को विरोध जनाउँदै आएको छ ।
बैठकमा नेपाली कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेशकुमार बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार सहभागि हुनेछन् । अध्यादेशका विषयमा सत्तापक्ष र विपक्षीबीच मतभिन्नता रहेकै अवस्थामा भोलि संसद बैठक बस्दैछ ।