उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक आज साँझ बस्दै

सहयात्रा टिभी

काठमाडौं । माघ २७, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बोलाइएको छ ।

 

प्रधानमन्त्री सचिवालयका अनुसार बैठक साँझ ५ बजे बालुवाटारमा बस्नेछ । ७ बुँदे सहमतिका आधारमा बनेको कांग्रेस/एमाले गठबन्धनलाई यो संयन्त्रले सहजीकरण गर्दै आएको छ ।

नेताहरुका अनुसार अहिले सरकारले ल्याएको अध्यादेशलगायत विषयमा छलफल हुनेछ । सरकारले माघ १८ गते ६ वटा अध्यादेश ल्याएको थियो ।

 

प्रकाशित : 9 February, 2025

प्रतिक्रिया दिनुहोस्