कुटपिट गरेको आरोपमा तनहुँ प्रहरीले ४ जना युवा पक्राउ
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । माघ २८, प्रहरी जवानलाई कुटपिट गरेको आरोपमा तनहुँ प्रहरीले ४ जना युवालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुमाथि तनहुँ व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटको अस्थायी प्रहरी बिटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट गरेको आरोप छ ।
पक्राउ पर्नेमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक प्रहरीले जनाएको छ ।
शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
उनीहरुविरुद्व आइतबार अभद्र व्यवहार मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।