नेप्से आज पनि झन्डै ११ अङ्कले घट्यो

सहयात्रा टिभी

काठमाडौं । माघ २८, हिजो साढे ११ अङ्कले घटेको नेप्से आज पनि झन्डै ११ अङ्कले नै घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ९८ अङ्कले घटेर दुई हजार छ सय ७७ दशमलव ३२ विन्दुमा झरेको छ । अन्य र व्यापारबाहेक सबै समूहको शेयर घटेको छ ।

समग्रमा बजार घटेको दिन आज न्यादी जलविद्युत् र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज एक करोड ४४ लाख ४३ हजार कित्ता शेयर छ अर्ब ९६ करोड दुई लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडियाको २४ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित : 10 February, 2025

प्रतिक्रिया दिनुहोस्