राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक सर्वसम्मतिले पारित
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । माघ २८, राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले यो विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
सभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।