जेलेन्स्कीले युद्ध रोक्न रूससँग भूमि साटफेर गर्ने
सहयात्रा टिभी
काठमाडौं । माघ ३०, युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युद्ध रोक्न रूससँग भूमि साटफेर गर्न तयार रहेको बताएका छन् ।

मंगलबार बेलायती पत्रिका द गार्जियनलाई दिएको एक अन्तर्वार्तामा उनले यदि ट्रम्पले रूस र युक्रेनलाई एउटै मञ्चमा ल्याउन सफल भए यस्तो सम्भव रहेको बताएका हुन् ।
युक्रेनले अगस्ट २०२४ मा रूसको कुर्स्क क्षेत्रमा हमला गरेर करिब १३०० वर्ग किलोमिटर क्षेत्र नियन्त्रणमा लिएको थियो। पछि रूसले प्रतिकार गर्दै आफ्नो आधाभन्दा बढी फिर्ता लिएको छ।
जेलेन्स्कीका अनुसार युक्रनले अझै ठूलो रूसी भूभाग नियन्त्रणमा राखेको छ जसलाई उनी रूससँग सम्झौताका लागि प्रयोग गर्नेछन्।
‘हामी उनीहरूको भूमि साटेर हाम्रो भूमि फिर्ता ल्याउनेछौं,’ उनले भने । तर, उनले युक्रेनले बदलामा कुन भूभाग माग्नेछ भन्ने बारे केही खुलाएनन् ।
रूसले सन् २०१४ मा क्रिमिया र सन् २०२२ मा डोनेट्स्क, खेरसोन, लुगान्स्क र जापोरीज्जिया युक्रेनका पाँच क्षेत्रहरू कब्जा गरिसकेको छ ।


