सीटीईभीटीले छात्रहरूलाई ५ करोड बढीको छात्रवृत्ति दियो

सहयात्रा टिभी

काठमाडौं । माघ ३०, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले विभिन्न समुदायका छात्रहरूलाई सशक्त र आत्मनिर्भर बनाउने उद्देश्यले ५ करोड बढीको छात्रवृत्ति दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा दलित, मुसलमान, विपन्न तथा सिमान्तकृत समुदायका ३६० जनालाई ४ करोड ५० लाखको छात्रवृत्ति दिइएको जनाएको छ ।

त्यस्तै, सीटीईभीटीले प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहका १२० छात्रहरूलाई १ करोड ४४ लाखको छात्रवृत्ति दिएको छ ।

आवासीय छात्रवृत्तिसहित प्रशिक्षण निरन्तरताका कार्यक्रमहरू ५१ वटा शिक्षालयमा १ हजार ३ सय ५६ जनालाई १८ करोड ४० लाखको छात्रवृत्ति दिइएको छ ।

शिक्षा मन्त्रालयका अनुसार छात्रवृत्तिले लक्षित समुदायका छात्रहरूलाई सीप र ज्ञानसँगै अवसरहरू सिर्जना गरेको बताएको छ ।

 

प्रकाशित : 12 February, 2025

प्रतिक्रिया दिनुहोस्