सुन तोलामा दुई हजार तीन सयले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । फागुन १, स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु. दुई हजार ३०० ले बढेको हो ।

बुधबार प्रतितोला सुन रु. एक लाख ६७ हजार ५०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु. एक लाख ६९ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु. ३५ ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु. एक हजार नौ सय ६५ निर्धारण गरिएको छ । रासस

प्रकाशित : 13 February, 2025

प्रतिक्रिया दिनुहोस्