विश्वकै सबैभन्दा लामो रेल यात्रा जसमा १३ देशका विश्वप्रसिद्ध शहरहरु समेट्छ

सहयात्रा टिभी

काठमाडौं । फागुन २, विश्वकै सबैभन्दा लामो रेल यात्राको रुट कुन हो , तपाईंलाई थाहा नहुन पनि सक्छ त्यसैले आज यस वारे केहि जनकारी हजुरहरु समक्ष राख्ने छौ ।

विश्वकै सबैभन्दा लामो रेलको रुट पोर्चुगलको लागोस शहरदेखि सिंगापुरसम्मको हो । यो रुट १८ हजार ७५५ किलोमिटरको छ ।

मौसम वा अन्य कुनै प्राविधिक गडबडीका कारण यात्रामा बाधा अड्चन नआएन यो दूरी पार गर्न उक्त रेललाई २१ दिन लाग्ने गर्दछ । स्पेन, फ्रान्स, रुस, चीन, भियतनाम, थाइल्यान्डसहित १३ देश हुँदै रेल गुड्छ । बाटोमा ११ ठाउँमा रेल रोकिने गर्दछ ।

यसभन्दा अगाडि लन्डनदेखि सिंगापुरसम्मको रेलको रुट सबैभन्दा लामो मानिन्थ्यो । त्यसको रेकर्ड भने पोर्चुगलको लागोस शहरदेखि सिंगापुरसम्मको रुटले तोडिदिएको छ ।

यो रेल यात्राको क्रममा विश्वप्रसिद्ध शहरहरु पेरिस, मस्को, बेइजिङ र बैंककको आनन्द पनि लिन सकिन्छ ।

किनभने रेल जहाँ रोकिन्छ त्यहीँ बास बस्ने भएकाले रेलबाट ओर्लिएर घुम्न जान सकिन्छ । अलग अलग देशको सुन्दरता र सांस्कृतिक अनुभव गर्न सकिन्छ । यसले यात्रा थप रोमाञ्चक बनाइदिन्छ ।

विश्वको सबैभन्दा लामो रेल यात्राको एकतर्फी टिकट करिब १ हजार ३५० डलर छ । यो आजको मूल्य अनुसार नेपाली एक लाख ८८ हजार रुपैयाँ जति पर्न जान्छ । टिकट काटेपछि यात्रुहरुले खाने, पिउने, आरामले बस्ने सबै सेवा त्यही मूल्यभित्रै पाउँछन् ।

लाओस र चीनबीच एक नयाँ रेलवे लाइन खुलेपछि युरोपलाई एसियासँग जोड्ने बाटो खुलेको थियो । त्यसैले विश्वकै लामो रेलयात्रा सम्भव भएको हो ।

यो पहलको उद्देश्य लाओसको अर्थव्यवस्थालाई बढावा दिनुथियो । यसैगरी पोर्चुगलदेखि सिंगापुरसम्मको एक रोमाञ्चकारी यात्राको अनुभव प्रदान गर्नुथियो ।

 

 

प्रकाशित : 14 February, 2025

प्रतिक्रिया दिनुहोस्