सत्ता साझेदारको बैठक बालुवाटारमा

सहयात्रा टिभी

काठमाडौं । फागुन ३, आज सत्तारुढ दलहरूको बैठक बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको बैठकमा अध्यादेशका बारेमा छलफल हुने जानकारी दिइएको छ ।

गृहमन्त्री रमेश लेखकका अनुसार बैठकमा अध्यादेशसँगै संविधान संशोधनका विषयमा पनि छलफल हुनेछ ।

संविधान संशोधनका लागि कार्यदल बनाउने, संविधान संशोधनको लागि बन्ने कार्यदलले प्रदेश र जिल्लामा अन्तर्क्रिया गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

सरकारले ल्याएका ६ अध्यादेश संसदमा अघि बढ्न सकेका छैनन् । सत्तापक्षकै केही दल भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिएपछि सरकार अप्ठ्यारोमा परेको छ ।

यसअघि शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो ।

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरु बैठकमा सहभागी भएका थिए ।

बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीव्रता लगायत समसामयिक विषयमा छलफल गरिएको थियो ।

प्रकाशित : 15 February, 2025

प्रतिक्रिया दिनुहोस्