आहारारा पोखरा गोल्डकपको उपाधिका लागि पुलिस र ब्ल्याक बुल्स खेल्दै

सहयात्रा टिभी

काठमाडौं । फागुन ३, २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलमा आज उपाधि भिडन्त हुँदैछ ।

कास्कीको पोखरा रङ्गशालामा दिउँसो २ बजे सुरु हुने खेलमा उपाधिका लागि नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

सेमिफाइनलमा चर्च ब्वाइजलाई हराएर पुलिस फाइनलमा पुगेको हो भने ब्ल्याक बुल्सले पाँच पटकको उपाधि विजेता थ्रीस्टारलाई पराजित गरेको थियो ।

नेपाल पुलिस क्लब आजको खेल जित्दै सातौँ पटक च्याम्पियन बन्ने लक्ष्यमा रहँदा प्रतियोगितामा पहिलो पटक सहभागी ब्ल्याक बुल्स पुलिसलाई हराएर पहिलो उपाधि रच्ने योजनामा छ ।

३ विदेशी र ९ स्वदेशी गरी १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एकहजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : 15 February, 2025

प्रतिक्रिया दिनुहोस्