महाकुम्भमा जाँदै गरेको बोलेर दुर्घटना : १० श्रद्धालुको मृत्यु, १९ जना घाइते
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फागुन ३, भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा बसले बोलेरो जिपलाई ठक्कर दिँदा १० श्रद्धालुको मृत्यु भएको छ । महाकुम्भमा स्नान गर्न आएका १० श्रद्धालुको मृत्यु हुँदा १९ जना घाइते भएका छन् ।
बस र बोलेरोमा सवार सबै मध्यप्रदेश र छत्तीसगढका बासिन्दा रहेको प्रारम्भिक जानकारीमा आएको छ । अहिले घाइतेहरुलाई अस्पताल लगिएको छ ।
जानकारी अनुसार मेजाको प्रयागराज–मिर्जापुर राजमार्गमा शुक्रबार राति यो घटना भएको हो । जिपमा रहेका सबै छत्तीसगढको कोरबा जिल्लाका बासिन्दा रहेको र संगम स्नान गर्न जाँदै गरेको बताइएको छ ।
अर्कोतर्फ बसमा सवार १९ जना पनि दुर्घटनामा घाइते भएका छन् । उनीहरू संगममा स्नान गरेर वाराणसी फर्किरहेका थिए। घाइते सबैलाई सीएचसी रामनगरमा भर्ना गरिएको छ ।
बसमा सवार सबै मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा हुन् । प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।