निजामती अस्पतालका कर्मचारीद्धारा ८ दिनदेखि आन्दोलन

काठमाडौं । फागुन ५, निजामती अस्पतालका दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीले आन्तरिक प्रक्रियाबाट नै स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलन सुरू गरेका छन् ।
राष्ट्रिय स्वास्थ्य कर्मी श्रमिक संगठनमा आवद्ध कर्मचारीले विभिन्न ७ माग लेखिएका ब्यानरसहित अस्पताल अगाडि उभिएर गत ८ दिन देखि आन्दोलन गरिहेका छन् ।
संगठनका सचिव निराजन कटुवालले दैनिक १ बजे देखि २ बजेसम्म अस्पतालको प्रांगणमा धर्ना दिइरहेको बताए ।
अस्पतालको विनिमावलि गठन आदेश तत्काल संसोधन गर्नुपर्ने, कार्यरत कर्मचारीलाई क्षेणी र तह बमोजिम पारिश्रमिक र सेवा सुविधाको व्यवस्था गर्नुपर्ने, सरकारले ताके बमोजिमको स्थायी सो सरह उमेर हदसम्म कामकाज गर्न पाउने व्यवस्थाको सुनिश्चित गर्नुपर्ने उनीहरुको माग रहेको छ ।
यस्तै आउट सोर्सिङ कर्मचारीको हकमा उचित पारिश्रमिक सेवा, सुविधाको व्यवस्था गर्नुपर्ने, कार्यरत कर्मचारीलाई स्थायित्वको प्रक्रिया अगाडी नबढाई खुल्ला प्रक्रिया बन्द गर्नुपर्ने र समान कामकाज गरिरहेका कर्मचारीलाई समानजनक परिश्रमिकको र सेवा सुविधाको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।
सिभिल अस्पतालका दैनिक ज्यालादारीमा काम गर्ने करिब ४ सय स्वास्थ्यकर्मी छन् । आधारभूत माग सम्बोधन नभए आन्दोलनको कार्यक्रमलाई थप सशक्त बनाउने उनले चेतावनी समेत दिए ।