यसवर्ष निर्यात घट्यो आयात बढ्यो

काठमाडौं । फागुन ६, गत वर्षको तुलनामा यसवर्ष निर्यात घटेको छ भने आयात बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ७.२५ ले कमी आएको थियो ।
राष्ट्रिय सभामा प्रस्तुत तथ्याङ्क अनुसार गत पुस महिनासम्मको समीक्षा अवधिमा कूल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.८५ ले वृद्धि भएर ९८ अर्व ७९ करोड कायम भएको छ ।
समीक्षा अवधिमा कुल वस्तु आयात ७.१५ ले वृद्धि भएर ८ खर्ब २२ अर्ब ३७ करोड कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वस्तु आयात ३.१५ ले घटेको थियो ।
समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ४.४५ ले वृद्धि भएर ७ खर्व २३ अर्ब ५८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २.६५ ले घटेको थियो ।
२०८१ पुस मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तको २० खर्व ४१ अर्व १० करोडको तुलनामा १३.५५ ले वृद्धि भएर २३ खर्व १६ अर्व ८४ करोड कायम भएको छ । २०८१ पुस मसान्तमा कायम कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २४.३५ रहेको छ ।