कूटनीतिक कमजोरीले नेपालीको आत्मसम्मान गुमेको छ : रास्वपा

काठमाडौं । फागुन ६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको कूटनीतिक कमजोरीले नेपाली नागरिकको आत्मसम्मान गुमेको बताएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोलेका रास्वपा सांसद मनीष झाले सरकारको असफलताको कारण विदेशमा रहेका नेपाली असुरक्षितसमेत रहेको आरोप लगाए ।
भारतमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालले ज्यान गुमाइन् । यो एउटा घटना विशेषको रूपमा सीमित नभई आचरण र प्रवृत्तिमा जान चाहन्छु,’ सांसद झाले भने, ‘हाम्रो कूटनीति कतिसम्म कमजोर भयो कि कलेजको एउटा सुरक्षा गार्डले नेपाली नागरिकलाई कुटेको छ ।
तेरो देशको बजेट त यो कलेजको बजेट जति पनि छैन भनेर अपमान गरेको छ । यसले नागरिकको आत्मसम्मान र सुरक्षा छैन भन्ने देखाएको छ ।’