नेप्से आज ११.९१ अङ्कले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । फागुन ६, शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.९१ अङ्कले बढेर २ हजार ७३९.८२ विन्दुमा पुगेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर साढे ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सप्तकोशी विकास बैंक र केबीएल डिबेन्चर २०८६ को शेयर भने १० प्रतिशतले घटेको छ ।

 

प्रकाशित : 18 February, 2025

प्रतिक्रिया दिनुहोस्