पोखरामा पड्किएको बलुनमा ग्यास भर्ने भारतीय नागरिक पक्राउ

सहयात्रा टिभी

पोखरा । फागुन ७, पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा पड्किएको बलुनमा ग्यास भर्ने एक भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले बेलुनमा ग्यास भर्ने ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरेको हो । ग्यास भर्ने कमलेसलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरी सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

गत शनिवार पोखरा प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बलुनमा आगोको झिल्कोले लागेर पड्किदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए। घाइते अर्थमन्त्री पौडेल डिस्चार्ज भैसकेका छन् । मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइराखेको छ ।

उक्त घटनाको छानबिन गर्न गृहमन्त्री रमेश लेखकले कास्कीका सिडिओ भरतमणि पाण्डेको संयोजकत्वमा ८ सदस्यीय समिति बनाएको छन् । समितिलाई १५ दिनको समय दिइएको छ ।

प्रकाशित : 19 February, 2025

प्रतिक्रिया दिनुहोस्