भारतमा रहेका नेपाली विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल गर्ने

सहयात्रा टिभी
काठमाडौँ । फागुन ७, भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षाका लागि नेपाल सरकारले आवश्यक कूटनीतिक पहल गर्ने भएको छ ।

हिजो बसेको मन्त्रिपरिषद बैठकमा पछिल्लो अवस्थालाई निगरानी गर्दै नेपाली विद्यार्थीको सुरक्षा ग्यारेन्टीका लागि कूटनीतिक पहल बढाउनेबारे छलफल गरेको हो ।
विश्वविद्यालयमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा मृत फेला परेपछि सिर्जित समस्यामा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राख्नुभएको थियो । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले पछिल्लो पहलबारे जानकारी गराउनुभएको थियो ।
नेपाल सरकारको पहलपछि कलेज प्रशासनले माफी माग्दै नेपाली विद्यार्थीलाई कलेज फर्किन आह्वान गरिसकेको छ । साथै घटनाको छानबिन गर्न ओडिसा राज्य सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
ओडिसाको घटनाबाट प्रभावित विद्यार्थी तथा अभिभावकलाई आकस्मिक सहजीकरण गर्न सहायता कक्ष बनाइएको शिक्षा मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 19 February, 2025

प्रतिक्रिया दिनुहोस्