प्रधानमन्त्री ओली आज पोखरा जाँदै

सहयात्रा टिभी

काठमाडौँ । फागुन ८, प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहको उद्घाटनका लागि प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन् । समारोह पोखरा महानगरपालिका– ३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ ।

समारोहमा विभिन्न तह र विषयका सात हजार ८७२ जना विद्यार्थीलाई उपाधि प्रदान गरिने विश्वविद्यालयका डिन डा. अजय थापाले जानकारी दिए । पोखरा विश्वविद्यालयका कुलपति समेत रहेका ओलीको समुपस्थितिमा हुने समारोहमा शिक्षाविद् जर्ज जोनले दीक्षान्त मन्तव्य दिने कार्यक्रम रहेको छ ।

प्रकाशित : 20 February, 2025

प्रतिक्रिया दिनुहोस्