हनुमानढोका अगाडि एक पुरुष व्यक्तिको शव फेला

काठमाडौँ । फागुन ८, हनुमानढोका एक जना व्यक्ति मृत फेला परेका छन् । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि पुरुष व्यक्तिको शव भेटिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराकाअनुसा अन्दाजी ३०/३५ वर्षका पुरुषको शव बिहीबार बिहान भेटिएको हो । उनको वतनसमेत अहिलेसम्म खुलेको छैन ।
शवको प्रकृति हेर्दा हत्याजस्तो देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । अहिले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको एक अधिकृतले बताए ।