नेप्से परिसूचक ११.६६ अंकले वृद्धि

सहयात्रा टिभी

काठमाडौँ । फागुन ११, लगातार पाँचौ दिन पनि सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.६६ अंक बढेको छ ।

सो वृद्धिपछि नेप्से २७५५ अंकमा कायम भएको छ । मुलुक ग्रे लिस्टमा परेको डरले सुरुवाती कारोबारलाई असर पारेको थियो । कारोबार सुरु भएको पाँच मिनेटमै नेप्से २६९२ अंकसम्म झरे पनि त्यसपछि वृद्धिको रफ्तारलाई निरन्तरता दियो ।

कारोबार रकम पनि उल्लेख्य छ । अघिल्लो दिन ८ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ११ अर्ब ५४ करोडको भयो । बजार बढ्दा पनि अधिकांश कम्पनीको मूल्य घटेको छ । कुल ९१ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने ४ को स्थिर रह्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर र सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहे ।

प्रकाशित : 23 February, 2025

प्रतिक्रिया दिनुहोस्