अछाममा बालिका बलात्कृत भएको विषयमा संसद्‌मा प्रश्न उठ्यो

सहयात्रा टिभी

काठमाडौँ । फागुन १२, अछाममा एक १२ वर्षीया बालिका बलात्कृत भएको विषय संसद्‌मा उठेको छ । आफन्तबाटै बालिका बलात्कृत भएको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले डर धाक देखाएर नाता पर्नेबाटै बलात्कृत हुने विषयमा सरकार मौन रहेको गुनासो गरिन् ।

बालिकाहरू नातागोताबाटै बलात्कृत हुने विषय कहिले रोकिन्छ भन्ने प्रश्न उनले गरिन् । ती बालिका २८ हप्ताको गर्भवती समेत रहेको उनले बताइन् ।

‘यस्तो घटनातर्फ सरकारले कहिले ध्यान दिन्छ ?,’ उनको प्रश्न छ । यस्ता घटना रोक्न प्रहरी तदारुकताका साथ लाग्नुपर्नेमा त्यसो भएको अनुभूत गर्न नसकिएको उनले बताइन् ।

प्रकाशित : 24 February, 2025

प्रतिक्रिया दिनुहोस्