विश्वकप विजेता इटालियन गोलकिपर बुफोन नेपाल आउदै

काठमाडौँ । फागुन १६, विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोन आइतबार नेपाल आउदै छन् ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा चिफ गेष्टको रुपमा बुफोन नेपाल आउन लागेका हुन् ।
उनी आइतबार नेपाल आइपुग्ने राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव निरोज पौडेलले जानकारी दिए । केपी ओली कपको फाइनल आउने सोमबार दशरथ रंगशालमा हुनेछ । उक्त फाइनल खेलमा बुफोन प्रमुख अतिथिको रुपमा रहनेछन् ।
यस्तै बुफोनले आफु केपी ओली कपको फाइनल खेलमा उपस्थित हुने भन्दै भिडियो सन्देश पठाएका छन् । उनले भिडियोमा नेपालीमै सम्बोधन गरेका छन् ।
‘नमस्ते सबैजनालाई । जिजी बुफोन हेयर । म मार्च पहिलो साता केपी ओली कपको फाइनलको चिफ गेस्टको रुपमा आउँदछु । सबेलाई त्यहाँ भेटौँला’, उनले भने ।