सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

सहयात्रा टिभी

काठमाडौँ । फागुन १८, साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै मूल्यमा आइतबार पनि छापावाल सुन कारोबार भएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : 2 March, 2025

प्रतिक्रिया दिनुहोस्