‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले ‘अभिमन्यु’ बनाउँदै

काठमाडौँ । फागुन १८, चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरिएको छ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका हुन् । थिम पोस्टर सार्वजनिक गर्दै निर्माता विनाेद पौडेलले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेका छन् । उनका अनुसार यो चलचित्र साउन २४ गते रिलिज हुनेछ ।
थिम पोस्टरले पैसाबीचको संघर्षलाई देखाउने संकेत गरेको छ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गरेको संघर्ष नै सिनेमाको मुख्य कथा हुने अनुमान लगाउन सकिन्छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति रहने ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्ने छन् । मुकेश खनालले कथा रहनेछ । चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । सह–निर्मातामा रमेश चौलागाइ र हरि श्रेष्ठ छन् । निर्माणपक्षले चलचित्रको कलाकारबारे जानकारी गराएको छैन ।