सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा आगलागी

सहयात्रा टिभी

काठमाडौँ । फागुन १८, सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयको ८प्रधानमन्त्री रोजगार शाखा, पूर्वाधार शाखा रहेको एक घरमा आगलागी भएको छ ।

आज दिउँसो करिब एक बजे कार्यालयको माथिल्लो तलामा आगो लागेको हो । माथिल्लो तलामा भान्छा थियो । आगलागीको कारण खुलेको छैन । तर विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।

हावा अहिले पनि चलिरहेकाले नजिकैको बस्तीमा आगो फैलिन नदिन स्थानीय, जनप्रतिनिधि र स्थानीय प्रहरी परिचालित भएका छन् । तर गाउँपालिकामा दमकल नहुँदा आगो निभाउन समस्या भएको छ ।

 

 

 

 

प्रकाशित : 2 March, 2025

प्रतिक्रिया दिनुहोस्