सेयर बजार २९ सय नाघेर झर्यो

काठमाडौँ । फागुन १९, सोमबार सेयर बजार २९ सय नाघेर झरेको छ । कारोबार सुरु भएको ४ मिनेटमै २९२९ अंकसम्म पुगेको बजारमा केही उतारचढाव देखियो ।
अन्ततः बजार अघिल्लो दिनको तुलनामा १३.६१ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २८७६ अंकमा कायम भएको छ । फागुन १ पछि लगातार बढेको बजारमा त्यसयता पहिलो पटक झरेको देखिएको हो ।
बजार घट्दा कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो दिन १४ अर्ब २५ करोडको कारोबार भएकोमा आज १४ अर्ब २८ करोडको भयो ।
यस दिन हिमालयन रिइन्स्योरेन्सको मात्रै १ अर्ब ३८ करोडको कारोबार भयो । त्यसपछि कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, एचआईडीसीएल प्रमोटर र सिन्धु विकास बैंक क्रमशः अगाडि रहे ।