थापाथलीमा मेलम्चीको पाइप फुट्यो, सडक अस्तव्यस्त

सहयात्रा टिभी

काठमाडौँ । फागुन २०, काठमाडौंको थापाथली क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर जम्मा भएको फोहोर सफा गर्ने काम सुरु भएको छ । आज बिहान सो क्षेत्रमा पाइप फुटेपछि सडक नै अवरुद्ध भएको थियो । त्यहाँ सडक पनि भत्किएको छ । सडक पेटीमा पनि क्षति पुगेको छ ।

थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा फुटेको खानेपानीको पाइपका कारण ठूलो फोर्समा पानी बाहिर निस्किएको थियो । पाइप फुट्नुको कारण पत्ता लागिसकेको छैन । यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो ।

प्रकाशित : 4 March, 2025

प्रतिक्रिया दिनुहोस्