गिरावटपछि नेप्से २८४६ अंकमा कायम

सहयात्रा टिभी

काठमाडौँ । फागुन २०, आज ३०.३६ अकंको गिरावटपछि नेप्से २८४६ अंकमा कायम भएको छ ।

सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत घट्यो । सिर्जनशील लघुवित्तको ९, नेपाल रिपब्लिक मिडियाको ७.४ तथा समाज लघुवित्तको ५.८७ प्रतिशत मूल्य घट्यो । आज पनि हिमालयन रिइन्स्योरेन्सको १ अर्ब बढीको कारोबार भयो ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै आत्मनिर्भर लघुवित्तको ६.६६, युनिभर्सल पावरको ५.७४, बरुण हाइड्रोपावरको ५.६०, शिवश्री हाइड्रोपावरको ५.३० प्रतिशत मूल्य बढ्यो ।

बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १४ अर्ब २८ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९४ करोडको भयो ।

प्रकाशित : 4 March, 2025

प्रतिक्रिया दिनुहोस्