पूर्वयुवराज पारस अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । फागुन २२, पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी हृदयघात भएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए ।
उपचारपछि शाह आज बिहान डिस्चार्च भएको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए ।
शाहलाई एक सातापछि फलोअपमा बोलाइएको ती चिकित्सकले बताए ।
चिकित्सकका अनुसार शाहलाई योसहित चाथौ पटक हृदयघात भएको हो । उनको आइतबार बेलुका नै एन्जियो प्लास्टिक गरिएको थियो ।