नेविसंघका कार्यकर्ताले त्रिविका रेक्टरको कार्यकक्षमा तोडफोड

सहयात्रा टिभी

काठमाडौँ । फागुन २३, सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका छन् ।

शुक्रबार बिहान १० रेक्टर केसीको कार्यकक्षमा आएर तोडफोड गरेका हुन् । शुल्कको विषयलाई लिएर उनीहरूले विज्ञप्ति टाँस गरेका थिए । उक्त विज्ञप्तिमा रेक्टरबाट कुनै चासो नभएको भन्दै विद्यार्थीहरू पुगेर तोडफोड गरेका हुन् ।

 

 

 

 

प्रकाशित : 7 March, 2025

प्रतिक्रिया दिनुहोस्