वुमन्स डे कपमा नेपालले आज नामिबियासँग खेल्दै

सहयात्रा टिभी

काठमाडौँ । फागुन २४, चार देश सम्मिलित वुमन्स डे कपमा नेपालले आज (शनिबार) आफ्नो पहिलो खेलमा नामिबियासँग खेल्दैछ ।

महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत आजदेखि सुरु हुने प्रतियोगितामा युगाण्डा, नेपाल, नामिबिया र हङकङ सहभागी छन् ।

खेल युगान्डाको एन्टेब्बे क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ पौने ५ बजे सुरु हुनेछ । नेपालले नामिबियाको महिला टोलीसँग पहिलो पटक खेल्न लागेको हो ।

सिरिजमा सबै टोलीले एकअर्कासँग सामान दुई/दुई खेल खेल्नेछन् । त्यसमा नेपालले यही फागुन २५ गते युगान्डासँग खेल्नेछ भने फागुन २६ गते हङकङसँग खेल्ने छ ।

त्यसैगरी फागुन २८ गते नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ । लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन् । फाइनल खेल चैत ३ गते हुनेछ ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुबिना क्षेत्री, पूजा महतो, अलिशाकुमारी यादव, साना प्रवीन, रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छन् ।

प्रकाशित : 8 March, 2025

प्रतिक्रिया दिनुहोस्