प्रचण्डको चेतावनी- पूर्वराजाले फेरि मूर्खता नगरुन्

काठमाडौँ । फागुन २४, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि मूर्खता नगर्न चेतावनी दिएका छन् ।
जनतासँग माओवादी, तराई-मधेश जागरण अभियानको क्रममा रौतहट पुगेका माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजालाई जबरजस्ती नगर्न चेतावनी दिएका हुन् । स्थानीय जनतासँग प्रचण्डले भने, ‘ज्ञानेन्द्रले पहिले पनि केही ठूलाठूला गल्ती गरेका छन् । मैले त मूर्खता नै भन्छु । अब अहिले पनि फेरि मूर्खता गरेर आफ्नो बाँकी रहेको साख पनि समाप्त पार्ने गल्ती नगरुन् ।’
उनले नेपाली जनताले उदारताका साथ कारबाही गर्नुको साटो आरामसँग बस्न दिएको उल्लेख गर्दै जनता र हामीले देखाएको उदारतालाई कमजोरी नठान्न पूर्वराजा शाहलाई सुझाए ।
अध्यक्ष प्रचण्डले पूर्वराजालाई राजनीति गर्न मन छ भने पार्टी खोलेर चुनाव लड्न र जित्न चुनौती दिए ।