रास्वपा सभापति लामिछाने तारेख बुझ्न आज कास्की अदालतमा उपस्थित हुँदै

काठमाडौँ । फागुन २५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने तारेख बुझ्न आज आइतबार कास्की जिल्ला अदालतमा उपस्थित हुँदै छन् ।
तारेख बुझ्न उनी काठमाडौंबाट बुद्ध एअरको जहाजमार्फत पोखरा जाँदै छन् । कास्की अदालतमा उनको यो दोस्रो तारेख हो ।
पोखराबाट उनी सिधै रुपन्देही जानेछन् । रुपन्देहीमा पनि भोलि सोमबार तारेख रहेको छ । पोखराको स्वर्णलक्ष्मी सहकारी र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी धरौटीमा रिहा भएका थिए ।
यसैगरी काठमाडौंको स्वर्णलक्ष्मी र चिवतनको सहारा चितवन सहकारीमा ठगी प्रकरणमा पनि उनी धरौटीमा रिहा भएका थिए । पर्साको सानो पाइला सहकारी ठगीमा भने उनीविरुद्ध मुद्दा दर्ता हुन बाँकी नै छ ।