स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण

काठमाडौँ । फागुन २६,स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत आज मनोनयन पत्र वितरण हुँदैछ।
निर्वाचन तालिका अनुसार आज प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयनपत्र वितरण हुने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ। आज मनोनयनपत्र वितरण भएपछि भोलि प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयन दर्ता गर्ने तालिका छ। यस्तै २८ गते उम्मेदवारको दाबी विरोध र सोही दिन बेलुकी ५ बजे उम्मेदवारको दाबी विरोधउपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ।
यस्तै २९ गते दिउँसो १ बजेसम्म उम्मेदारको नाम फिर्ता लिई अन्तिम नामावली प्रकाशन हुनेछ। उम्मेदवारले प्रचारप्रसार गर्ने समय फागुन २९ गते दिउँसो २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मलाई तोकिएको छ।
त्यसपछि मौन अवधि शुरू हुनेछ । कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ। कतिपय क्याम्पसमा भने विवादका कारण तालिका हेरफेर भएको छ।