प्रधानमन्त्री ओलीले आज कोशी प्रदेशसभामा सम्बोधन गर्ने

सहयात्रा टिभी

काठमाडौँ । फागुन २७, प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ । प्रधानमन्त्रीको सचिवालयले भने दिउँसो साढे २ बजेबाट सम्बोधन गर्ने तयारी रहेको जनाएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह सकिएपछि ओलीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्नेछन् ।

कोशी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यका अनुसार प्रधानमन्त्रीको सम्बोधनका लागि दिउँसो २ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

आजको प्रदेशसभा बैठकमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् ।

प्रतिपक्षी दलहरुले भने सरकारले छलफल नगरेको भन्दै बैठकमा सहभागी हुन प्रधानमन्त्रीले राख्ने मन्तव्यका बारेमा अग्रिम जानकारी हुनुपर्ने सर्त राखेका छन् । प्रतिपक्षी दलले सर्त राखेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दलका नेतालाई सम्पर्क गरेर सहयोग गर्न आग्रह गरेका छन् ।

प्रकाशित : 11 March, 2025

प्रतिक्रिया दिनुहोस्