प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै

काठमाडौँ । फागुन २७, जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्। आज सिद्धार्थ रङ्गशाला र देउखुरी रङ्गशालामा मात्रै खेल हुनेछन्।
सिद्धार्थ रङ्गशालामा मधेस प्रदेश र कोशी प्रदेशबीच खेल हुनेछ भने देउखुरी क्रिकेट रङ्गशालामा भने कर्णाली प्रदेश र गण्डकी प्रदेश बीच खेल हुनेछ। आज एक्स्ट्राटेक ओभल भने खाली हुनेछ । आज त्यहाँ कुनै खेल छैन। दुवै खेलहरू बिहान ९ बजेदेखि सुरु हुनेछन्।
सोमबार भएका खेलहरूमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो । त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई हराएको थियो। त्यस्तै, सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई हराउँदै पहिलो जित दर्ता गरेको थियो। आइतबारबाट सुरु भएको यस प्रतियोगिता चैत्र १६ गते सकिनेछ।