कांग्रेस कोषाध्यक्ष श्रेष्ठलाई मातृशोक

सहयात्रा टिभी

काठमाडौँ । चैत २ , नेपाली कांग्रेसका कोषाध्यक्ष एवं पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई मातृशोक परेको छ ।

श्रेष्ठकी ८९ वर्षीया लीलादेवी श्रेष्ठको शुक्रबार काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनको पार्थिव शरीरलाई आज दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यबाहक मुख्य सचिव डा. प्रदिप पराजुलीले जानकारी दिए ।

लीलादेवीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले शोक वक्तव्य जारी गर्दै दु:ख व्यक्त गरेका छन् ।

प्रकाशित : 15 March, 2025

प्रतिक्रिया दिनुहोस्